छत्र लकाई, मलेसिया । मलेसियाको Rich world security sdn bhd कम्पनी मा security guard मा कार्यरत मोरङ जिल्ला केरावारी घर भएका लक्ष्मी अधिकारी र उनका साथी डिक बहादुर भण्डारी गत शनिबार सँगै बजारमा गएर हल्का रक्सी खाएर रुममा फर्किएका थिए।
रुममा आइपुग्न साथ लक्ष्मी अधिकारी गोजीमा हात हाल्दै मेरो मोबाइल खै भन्दै डिक ब.भण्डारी लाई गालि गर्न थाले । साथै रुममा रहेका उनका अरु साथिहरुले निकै सम्झाएर तर उनले नराम्रो सब्द बोल्दै साथीहरू लाई गालि गर्दै थिए ।
त्यहीँ समय साथीहरू कम्पनीको बोस लाई कल गरेछन् कम्पनीको बोस तुरुन्तै आएर लक्ष्मि अधिकारी लाई राम्रोसँग सम्झाएछ अनि उनलाई गालामा दुई झापट हानेर अब यस्तो कहिल्यै नगर्नु भनेर बोस हिडेछ त्यहीँ बेला बाथरुम मा नुहाउन लाई पानी थाप्दै गरेका उनका साथी डिक बहादुरलाई लक्ष्मीले पिछाडि बाट सब्जि काट्ने चक्कु ले शरीरको पछाडि पट्टी कुममा जताततै काटेर हतारहतारमा उनी रुम बाट भागेछन् ।
साथीहरू ले डिक बहादुरलाई मेडिकलमा लगेर उनको शरीर को पछाडि पट्टी कुममामा काटिएको ठाउमा जम्मा ४० टाका सिलाएको छ । हाल डिक बहादुर भण्डारी को स्वास्थ सामान्य रहेको बताईएको छ ।