दशौं पुस्तकालय दिवस बिविध कार्यक्रम गरी मनाईने

दशौं पुस्तकालय दिवस बिविध कार्यक्रम गरी मनाईने
समाज

दशौ पुस्तकालय दिवस मनाउने सन्दर्भमा सहिद स्‍मृति पुस्तकालयका अध्यक्ष गायत्री भुर्त्याल ज्युको अध्यक्षतामा पुस्तकालय दिवस बारे अन्तरक्रीयात्मक कार्यक्रम सम्पन भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख तथा जिल्ला पुस्तकालय समितीका अध्यक्ष बैन बहादुर क्षत्री, पोले महानगरपालिका वडा न ५ का अध्यक्ष धन बहादुर नेपाली, पोखरा सार्वजनिक पुस्तकालय तथा बन बिज्ञान अद्ययन सस्थानका पुस्तकाध्यक्ष सुर्य क्षेत्री, पोखरा सार्वजनिक पुस्तकालयका सस्थापक तथा सदस्य सचिब अर्जुन श्रेष्ठ तथा बिभिन्न पुस्तकालयबाट पुस्तकाध्यक्ष तथा पुस्तकालय कर्मी र पुस्तक प्रेमीहरुको उपस्थीती रहेको थियो ।

भाद्र १५ गते पोखरा सार्वजनिक पुस्तकालय महेन्द्रपुलमा दिनको २ बजे पुस्तकालय दिवस मनाउने कार्यक्रम रहेको छ । सप्ताहाब्यापी रुपमा पोखरा भित्र रहेका बिभिन्न पुस्तकालयहरुमा बिबिध कार्यक्रमहरु गरी पुस्तकालय दिवस मनाउने कार्य भैरहेको छ ।

त्यसैक्रममा भोली अपराह्न ४:१५ बजे अमेरिकन कर्नर, महेन्द्रपुल पोखरा र पर्सी बिहान ७:३० बजे अरण्यजोती पुस्तकालय, कुडहरमा पुस्तकालय र नागरिक समाज बिचको अन्तरसम्बन्धू शिर्शकमा अन्तरक्रीयात्मक कार्यक्रम रहेको छ ।

पुस्तकालय दिवस मनाउन जिल्ला समन्वय समितीका प्रमुख  बैन बहादुर क्षत्रीको संयोजकत्वमा मूल आयोजक समिति बनाइयको छ र उक्त समितिले भाद्र १५ गते क्षेत्र ४ मा पुस्तकालय स्थापना गर्न योगदान दिने शिक्षा प्रेमीलाइ सम्मान गरिने छ ।

Post Comment