आफ्नै श्रीमतीको ईच्छा विपरित करणी गरे पाँच वर्षको जेल सजायको समाचार चर्चामा रहिरहँदा स्याङ्जामा बाख्रा करणी गर्दा युवक पक्राउ परेको खबर सार्वजनिक भएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका १३ बायटारीमा घरमै बाँधी राखेको ब्याउने बाख्रालाई जबरजस्ती गर्दै गर्दा भारतीय नागरिक पक्राउ परेका हुन् ।
२३ वर्षीय रविन्द्र कुमार शाहलाई पक्राउ गरी स्थानीयले थुमपोखरा प्रहरीलाई बुझाएका छन् ।
कपडा बेच्दै आएका शाहले डिल माया खरालको घरमा पालेको बाख्रालाई करणी गरेको जनाईएको छ ।
घरमा कोहि नभएको मौका छोपी बाख्रालाई जबरजस्ती करणी गर्ने क्रममा बाख्रा कराएपछि स्थानीयले थाहा पाएका थिए ।
पशु करणी भएकाले सोहि अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।