नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
डण्डाबाट भरतपुरका लागि छुटेको ना ४ ख ८२ २५ नम्बरको बस तिब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको रजहर प्रहरीले जनाएको ।
दुर्घटनामा परि घाइते भएका ७ जनाको अवस्था सामान्य रहेको छ भने दुई जनाको अवस्था गम्भीर छ । घाइते सबैको भरतपुरमा उपचार भइरहेको छ ।