पोखरामा अवस्थित नेपाल वायु सेवा निगमको कार्यालय परिसरमा सकेट बम फेला परेको छ ।
आज बिहान साढे ७ बजेको समयमा कर्मचारीले परिसर सफा गर्ने बेला शंकास्पद वस्तु फेला पारेका थिए ।
बैदाम प्रहरी कार्यालयले घटनास्थलमा पुगी निरिक्षण गर्दा उक्त वस्तु सकेट बम रहेको पुष्टि भए पश्चात् कालीकाबक्स गणका मेजर बीसन गुरुगंको टोलीले बम डिस्पोज गरेको छ ।
घटनाबारे अनुसान्धान जारी रहेको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी खड्क बहादुर खत्रीले बताए ।