चक्रे मिलनको राईट ह्याण्ड माथि प्रहरीले गोली चलायो

चक्रे मिलनको राईट ह्याण्ड माथि प्रहरीले गोली चलायो
समाज

राजधानीमा हप्ते असुली र गुण्डागर्दै आएको गुण्डानाइके चक्रेमिलनको ‘राइट ह्याण्ड’ माथि प्रहरीले शुक्रबार बेलुका गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागि गुण्डासमूहका रामेश्वर गौतम गम्भीर घाइते भएका छन् ।

दायाँ खुट्टामा प्रहरीको तीन राउण्ड गोली लागेका गौतमको अवस्था गम्भीर रहेको प्रहरी स्रोत जनाएको छ । गुण्डासमूहलाई तह लगाउन कारबाही अभियान चलाएको प्रहरीले काठमाडौंको मनोहरापुलमा गुण्डासमूहसँग जम्काभेट हुँदा गोली चलाएको प्रत्यक्षदर्शीले बताए ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश लोहनीले भने उक्त समूहले प्रहरीमाथि गोली चलाएपछि जवाफी फायरिङ गरेको बताए ।

तीन जनाको समूहमा रहेकोमा दुई जना फरार भएको प्रहरीलेजनाएको छ । गौतमलाई उपचारका लागि प्रहरीले नै वीर अस्पताल लगेको बताइएको छ ।

Post Comment