काभ्रेमा जीप दुर्घटना,६ जनाको घटनास्थलमै मृत्यु

काभ्रेमा  जीप दुर्घटना,६ जनाको घटनास्थलमै मृत्यु
समाज

काभ्रेको बनेपाबाट गोकुलेका लागि छुटेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ । अन्य ११ जना घाइते भएका छन् ।

घाइते मध्ये एकजनाको अबस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी सहकुल थापाले जानकारी दिनुभयो ।

बा १४ प ९५५६ नम्बरको जीप रोशी गाउँपालिका–३ शिखरआम्वोटेको निगालेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । ज्यान जाने कसैको पनि नाम खुलेको छैन । घाइते १० जनाको  धुलिखेल अस्पाताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Post Comment