प्राचीन शहर दोलखा बजारको भीमेश्वर मन्दिर ऐतिहासिक तथा धार्मिक रुपले परिचित छ । मन्दिरको दर्शनका लागि स्थानीय मात्र नभएर विभिन्न ठाउँबाट भक्तजन तथा पर्यटकहरु समेत आउने गर्छन् । यससँगै मन्दिरको अर्को विशेषता पनि छ । मन्दिरभित्र रहेको सिलामा देशमा कुनै अनिष्ट घटना हुनुअघि पसिना आउने गर्छ ।
मंगलबार दुई पटक पसिना
भिमेश्वर सिलामा मंगलबार दिउँसो दुईपटक पसिना आएको छ । एक्कासि कालो र चम्किलो देखिएपछि सिलाको दायाँ भागबाट मानिसलाई जसरी पसिना चुहिन थालेको मन्दिरका पूजारीहरु बताउँछन् ।
सिलामा २ः५५ बाट शुरु भएको पसिना २२ मिनेट र त्यसको ३४ मिनेटपछि ३ः५१ बाट सुरु भएको पसिना १ घण्टा २४ मिनेटसम्म लगातार बगेको थियो।
यसअघि पसिना आउँदा के भयो ?
यसअघि २०७२ बैशाख १२ को भूकम्पअघि २०७१ फाुग १, २, १५ र मंसिर ३० गते गरी ४ पटक मन्दिरको सिलामा पसिना आएको थियो। त्यसैगरी २०७१ जेठमा पसिना आउँदा जुरे पहिरोमा परी १ सय ५० बढीको मृत्यु भएको थियो । त्यस्तै राजतन्त्रको अन्त्य हुनुअघि २०६४, जनआन्दोलन शुरु हुनुअघि २०६१ र २०६२, राजदरबार हत्याकाण्डअघि २०५७ मा, राजा महेन्द्रको मृत्यु हुनु पूर्व २०२८ मा, राणा शासनको अन्त्य हुनुअघि २००७ मा, ९० सालको भूकम्प आउनुअघिसहित मुलुकमा कुनै अनिष्ट हुनुअघि मन्दिरको सिलामा पसिना आउने गरेको इतिहास छ ।
संविधान कार्यान्वयनको घडिमा रहेको नेपाल अहिले अगनी परीक्षामा छ । प्रदेश र केन्द्रीय सभाको निर्वाचन जसरी पनि गर्नुपर्ने कार्यभार राजनैतिक दलमा छ । त्यसपछि मात्र संविधान कार्यान्वयन हुनेछ । र, त्यसलाई रोक्न विभिन्न शक्तिहरु लागिपरेका छन् ।
अर्कोतर्फ नेपाल भौगोलिक हिसावले जटिल देश हो । यहाँ कुनै पनि समयमा विपत्ति निम्तन सक्छ । यसअघिको इतिहास साची रहेकाले अब दलहरुले एकजुट भएर संविधान कार्यन्वयनलाई महत्व दिनु आवश्यक छ ।