पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको गोलबजारमा सोमबार वेलुका प्रहरीको गाडी र मालवहाक ट्रक एक आपसमा ठोकिदा दर्जनबढी घाइते भएका छन् ।
इलाका प्रहरी कार्यलय लहानले जिल्ला अदालतबाट कैदिको म्याद थप गरेर फर्किने क्रममा पूर्वबाट पश्चिमतर्फ गईरहेको को. १ क ११४४ नम्वरको मालवहाक मिनि ट्रक र विपरित दिशाबाट आईरहेको बा. १ ग २२१२ नम्वरको ट्रक एक आपसमा ठोकिदा प्रहरी ट्रकमा रहेको ९ जना प्रहरी र तीन जना थुनुवा घाइते भएको इलाका प्रहरी कार्यालय गोबजारले जनाएको छ ।
घाइते मध्ये पाँचजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते भएका प्रहरी मध्ये पाँच जनालाई थप उपचारको लागि विराटनगर लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी यन्सपेक्टर राजेन्द्र कुमार उपाध्यायले जानकारी दिए ।
घाइते हुने पहरी हवलदार महेन्द्र खत्वे, शम्भु कार्की, प्र.ज. सन्तोष न्यौपाने, प्रमोद कुमार चौधरी, भगवानलाल माझि, प्रहरी सहायक निरिक्षक धनराज खतिवडा, अनुप नारायण झा रहेको प्रहरीले जनाएको छ ।
थुनुवाहरु प्रेम कुमार यादव, राकेश कुमार यादव र विकास भट्टराई घाइते भएका छन् । घाइते मध्ये सात ८ जनको गोलबजारको निजि क्लिनिकहरुमा उपचार भईरहेको छ भने ५ जनाको विराटनगर लगिएको जनाएको छ ।
मालबहाक ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भईरहेको छ । चहचालक राजेश चौधरी पनि घाइते भएको प्रहरीले जनाएको छ ।