नुवाकोट – दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीका रुपचन्द्र थापा तादी खोला किनारामा मृत भेटिएका छन् ।
लिखु गाउँपालिका–४ चौघडास्थित तादी खोला किनारमा ३५ वर्षका थापाको शव आज अपराह्न भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।
केही दिनअघिदेखि परिवारको सम्पर्कभन्दा बाहिर रहेका थापाको मृत्युको कारण खुल्न बाँकी रहेको छ ।