हिन्दुहरुको हरेक चाडमा अनिवार्य रुपमा पाक्ने परिकारमा सेल रोटी पनि गर्ने गर्दछ । नेपाली परिकारमा सेलरोटीलाई विशेष मानिन्छ । सेल रोटी भन्न साथ नेपालीहरुको चाडवाडमा पकाउने मिठाई अथवा पाहुना,इष्टमित्र जमघटको बेला लगिने रल्याइने कोसेलीको रुपमा पनि बुझिन्छ । पुरानो चलन चल्ती अनुसार बिशेष त विभिन्न पाठ पुजा देखि पाहुना जादा कोसेलीको रुपमा सेल बोकेर जाने चलन अझै पनि बिधितै ।
आधुनिकता जमाना आए पनि सेल बनाउने,खाने तरिका उही छ । सजिलो र छिटो बनाउने तरिका मात्रै फरक भएको छ । खासमा भन्ने हो भने पहाडी भेग तिर सेल बनाउने तरिका निक्कै गज्जबको छ । पहिले पहिले त ढिकी, जातो,ओखलमा पिसेको मसिनो चामलको पिठो तयार पारिन्थ्यो । उक्त पीठोलाई नाग्लोले केलाएर सबै भन्दा मैदा पिठोलाई छानेर सेल पकाउनको लागि पिठो तयार परिन्छ । कसैले ले अलि खस्रो पिठो को पनि सेल बनाउने गरेको पाइन्छ जुन आफुले चाहेको अनुसार पकाउन सकिन्छ ।
पिठो तयार भएपछि मिठोलाई पानिसंग मुछ्ने संग संगै सेल लाइ मिठो बनाउन नरम बनाउनको लागि घिऊ,अलिअलि गुलियो बनाउन पिठो अनुसारको चिने,मिठो स्वादरबास्नाको लागि ल्वाङ्ग लगाएर मिठो मुछ्ने गरिन्छ । मिठो मुछेर साधारण १,२ घण्टा सम्म राख्नु पर्दछ । यसो गर्दा सेल बनाउदा राम्रो आकृति दिन्छ अथवा बाङ्गो टिङ्गो नभई हेर्दा राम्रो र पकाउन पनि सजिलो हुन्छ । अन्तमा आवस्यकता अनुसार ताईमा तेल तताई सेल पकाउन सकिन्छ ।
अहिले त मैदा पाइन्छ सेल पकाउने बिधि पनि सजिलो भएको छ । मिसिनले पिधेको मैदा पाइन्छ विभिन्न थरिका मरमसला पाइन्छ । विभिन्न किसिमका रङ्ग मिसाएको पाइन्छ । त्यसैबाट सेल रोटि तयार गरिन्छ । तर मिठो मुछ्ने र पकाउने तरिका भने उस्तै हो। । मज्जाले पकाउनुहोस अरु विभिन्न तरिका हेर्न तल
सामग्री
चामलको पिठोः १ किलो(मसिनो गरी पिसेको)
खस्रो चामलको पिठोः २ पाउ
मैदाः २ पाउ
चिनीः २ पाउ
अलैंचीको पाउडरः २० ग्राम
घिउः आवश्यकतानुसार
विधि
चामलको पिठो, चिनी मैदा तथा अलैंचीको पाउडरलाई सँगै राखेर पानी राखेर मोल्ने।
त्यसरी मोलेर आधा घण्टाजति राख्ने। यसपछि कराई तताउने र त्यसमा घिउँ राखेर तताउने जुन घिउ सेल डुब्ने हुनुपर्छ। सेल कराईमा हाल्नुअघि उक्त कराइको घिउँबाट सेल हाल्न तयार भएको पिठोमा केही घिउँ राखेर फेरि त्यसलाई केही बेर मोल्नुपर्छ। त्यसपछि कराईमा सेल हालेर दुबैतिर खैरो हुन्जेलसम्म पकाउने र बाहिर निकाल्ने।
यसरी आबश्यकता अनुसार सेल बनाउन सकिन्छ।
विभिन्न रेसिपि च्यानलहरुको सहयोगमा तयार पारिएको