रौतहटमा प्रहरी र स्थानीयवासीबीच झडप , ११ राउन्ड अश्रुुग्यास प्रहार

रौतहटमा प्रहरी र स्थानीयवासीबीच झडप , ११ राउन्ड अश्रुुग्यास प्रहार
समाज

 रौतहटमा मोटरसाइकल चोरलाई पक्राउ गर्नेक्रममा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीले ११ राउन्ड अश्रुुग्यास प्रहार गरेको छ ।

सदरमुुकाम गौरस्थित विद्युुत् कार्यालयअगाडिबाट चार दिनअघि एउटा मोटरसाइकल चोरी भएको थियो ।

चोरीमा संलग्न गरुडा नगरपालिका–१ का देवनाथ साहलाई शुक्रबार राति जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको टोलीले उनको घरबाट पक्राउ गरेको थियो ।

पक्राउलगतै साहका आफन्त र गाउँलेले प्रहरीको गाडीमाथि ढुुंगामुुढा प्रहार गर्नुुका साथै इप्रका शिवनगरका प्रहरी नायव निरीक्षक मदन ठाकुुरमाथि हातपातसमेत गरेको प्रहरी निरीक्षक केशव रेग्मीले बताए ।

यसक्रममा भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुुग्यास प्रहार गरेको थियो ।

झडपमा संलग्न देवाही गोनाही नगरपालिका–३ का राकेश साह, गरुडा नगरपालिका–४ का दिनेस साह, कलवार–५ का बिगनेस साह र माधव नारायण नगरपालिका–७ का रामप्रवेस मुुखियालाई प्रहरीले पक्राउ गरेको छ ।

चोरीमा संलग्न साहमाथि चोरी मुुद्दा तथा झडपमा संलग्नमाथि सार्वजनिक अपराध मुद्दा चलाइने प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेलले बताए ।

Post Comment