रुपन्देहीको बेलहिया सीमा नाका हुँदै इन्धन लिन गोरखपुरतर्फ गएको नेपाली ट्याङरमाथि भारतीयले आगजनी गरेका छन् ।
सुनौलीको सीमापारीको बजारमा भारतीयले लु १ ख ७३३० नम्बरको ट्याङकरमा आगजनी गरेपछि दमकलको सहयोगमा आगो निभाइएको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए ।
ट्रकले पैदलयात्रीलाई ठक्कर दिएपछि आक्रोशित भएका भारतीयहरुले ट्रकमा आगजनी गर्नुका साथै नेपाली चालकमाथि कुटपीटसमेत गरेको एसपी ज्ञवालीले जानकारी दिए ।
ट्रकको ठक्करबाट आक्रोशित भएका स्थानीयले आइतबार अपरान्ह चार बजेतिर ट्रकले पैदलयात्रीलाई ठक्कर दिएपछि चालकमाथि कुटपीट र ट्रकमा आगजनी गरेका हुन् ।