पोखरा जादै गरेको स्कुटर बस मुनि छिर्यो,हेलमेटले जोगायो स्कुटर चालकको ज्यान (हेर्नुस् भिडियो)

पोखरा जादै गरेको स्कुटर बस मुनि छिर्यो,हेलमेटले जोगायो स्कुटर चालकको ज्यान (हेर्नुस् भिडियो)
समाज

शुक्लागण्डकी नगरपालिकाको दुलेगौडामा स्कुटरले बसको पछाडी भागमा ठक्कर दिदा स्कुटर चालक ठूलो दुर्घटनाबाट जोगिएका छन् ।

रुपन्देहको लुम्वीनी गाउँपालिका वडा नंं ७ का १९ वर्षिय विवेक काफ्ले तिहार मनाएर पोखरा जादै गर्दा ग १ ख ५२४७ नम्वरको मिनिबसको पछाडी पट्टि ठक्कर दिएपछि स्कुटर बस मुनि छिरेको थियो । तर हेलमेटले काफ्लेलाई जोगाएको छ । उनको गाला र नाकमा चोट लागेको छ । गालामा टाका लगाइएको तनहुँ सेवा हस्पिटलले जनाएको छ । इलाका प्रहरी कार्यालबाट ट्राफिक प्रहरी मा प्रसाद ढकालको नेतृत्वमा तत्काल दुर्घटनास्थलमा प्रहरी पुगेको थियो ।

घाइते काफ्लेको दुलेगौडाको तनहुँ सेवा हस्पिटलमा उपचार भइरहेको छ । काफ्लेका अनुसार गुडिरहेको सो बस एक्कासी रोकिएपछि ठोक्किन पुगेको हो ।
[youtube https://www.youtube.com/watch?v=rqtwe8at8fg]

Post Comment