बिर्तामोड तनावग्रस्त: प्रहरीले गोली चलायो , १ जनाको मृत्यु ७ जना घाइते (भिडियो सहीत)

बिर्तामोड तनावग्रस्त:  प्रहरीले गोली चलायो , १ जनाको मृत्यु ७ जना घाइते (भिडियो सहीत)
समाज

बालकको मृत्यु प्रकरणबारे छानविन गर्न माग गर्दै निकालिएको र्‍यालीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ का नरेश थापा छन् । विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेको समूहमाथि प्रहरीको गोली चलाएको थियो ।

प्रहरीले १४ राउण्ड गोली चलाएको थियो । गोली लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

[youtube https://www.youtube.com/watch?v=5WsCCZUzSvE]

Post Comment