यौनकाण्ड खुल्ने डरले भाइको हत्या गरेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । सिरहाको कर्जन्हा गाउँपालिका–२ की १६ वर्षिया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् । प्रहरी उनलाई पक्राउ गरेर आज आइतबार बिहान १२ बजे सार्वजनिक गरेको थियो । जसको केही घण्टामै उनले आत्महत्या गरेको सिरहाका डिएसपी गज्जुसिद्धी मानन्धरले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
ठूलोबुवाको छोरा तथा भाइ भवेशकुमार यादवको हत्याको आरोपमा प्रियंका र सञ्जयकुमार साह पक्राउ परेका थिए । पक्राउ परेका मध्ये प्रियंकालाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट ठाउँ अभावका कारण प्रहरी चौकी बिष्णुपुर लगिएको थियो । प्रियंकाले हिरासतकै शौचालयको भन्टिलेसको रडमा सलले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
लामो समयसम्म शौचालयबाट नआएपछि हेर्न जाँदा झुण्डिएको अवस्था फेला परेको प्रहरी जनाएको छ । प्रियंकाले भाइ हत्याको ग्लानीले गर्दा आत्महत्या गरेको प्रहरीको भनाइ छ ।