फेरि अर्को दुखद दुर्घटना ! गुल्मीमा माइक्रो बस खस्यो , ७ जनाको घटनास्थलमै मृत्यु

फेरि अर्को दुखद दुर्घटना ! गुल्मीमा माइक्रो बस खस्यो , ७ जनाको घटनास्थलमै मृत्यु
समाज

बुटवलबाट तम्घासतर्फ गइरहेको माइक्रो बस गुल्मी दरबार गाउँपालिका–३ स्थित वीरबास भन्ने स्थानमा सोमबार दिउँसो दुर्घटना भएको छ ।

बा ४ ख ५५०१  नम्बरको माइक्रो सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको हो ।

दूर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने ६ घाइते रहेका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

मृतक तथा घाइतेको सनाखत हुन सकेको छैन ।

हाल उद्दार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

बुटवलबाट १३ जना यात्रुको चलानी भएको पाइएको छ । बीचमा कति यात्रु थप गरिएको यकिन हुन सकेको छैन ।

स्थानीयका अनुसार बिपरित दिशाबाट आएको जीपसँग ठोक्किएर माइक्रो भीरबाट खसेको हो ।

Post Comment