असुरक्षित सडक यात्रा :उदयपुरमा अर्को दुर्घटना, ८ जनाको मृत्यु

असुरक्षित सडक यात्रा :उदयपुरमा अर्को दुर्घटना, ८ जनाको मृत्यु
समाज

उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् ।

कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

घाइते हुनेमा चालकसहित एक जना महिला र ३ वर्षीय बालक छन् । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन ।

घाइतेहरुको स्थानीय कटारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको छ ।

Post Comment