ठगी गरेको अभियोगमा गैरआवासिय नेपाली संघ मलेसियाका कार्यसमिति सदस्य रामहरि सापकोटा पक्राउ परेका छन् ।
मलेसियाका स्थानीय तथा नेपालीहरुलाई समेत ठगी गरेको अभियोगमा सेक्टेम्वर २६ तारिखका दिन जोहोरवारुबाट सापकोटा पक्राउ परेका थिए ।
सापकोटाले ठगी गरेको भन्दै केहि दिन अगाडि नेपाली दूतावास र एनआरएन मलेसियामा समेत उजुरी परेको थियो । उजुरीमा माधवराज श्रेष्ठको करीव पच्चिस लाख, अग्निप्रसाद पाण्डेको डेढ लाख, मनवहादुर खातीकोे करीव सात लाख ५० हजार, अम्वर श्रेष्ठको करीव डेढ लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ ।
यसैवीच ठगीको आरोपमा पक्राउ परेका सापकोटालाई एनआरएनए मलेसियाले कारबाही गरेको छ । शनिबार क्वालालम्पुरमा बसेको वैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो । नुवाकोट जिल्लाको सामरी घर भएका सापकोटा करीव १५ वर्षदेखि मलेसियामा काम गर्दै आईरहेका थिए ।