नेपालगञ्जको कारागारनजिकै एक नवजात शिशुको बेवारिसे शव फेला परेको छ । सालनालसहितको शिशुको शव पानी जमेको खेतमा शनिबार बेलुका फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
हिलाम्मे खेतमा सालनालसहितको नवजात शिशुको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुधिरराज शाहीले नवजात शिशुको शवको पकृति हेर्दा एकदिनअघि जन्माएर फालिएको जस्तो देखिने बताउनुभयो । घटनाका बारेमा आवश्यक अनुसन्धान सुरु गरिसकिएको डिएसपी शाहीले जानकारी दिनुभयो ।