पोखरामा कहालीलाग्दो दुर्घटना:बसको ठक्करबाट भण्डारीको टाउको क्षतविक्षत

पोखरामा कहालीलाग्दो दुर्घटना:बसको ठक्करबाट भण्डारीको  टाउको क्षतविक्षत
समाज

पोखराको लामाचौरमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।

विहीबार साँझ ६ बजे पोखरा माईक्रोबसले ईलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा पोखरा लेखनाथ १९ लामाचौर निवासी राम भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

बगरदेखि लामाचौरतर्फ गईरहेको ग १ ख ६४५४ नम्बरको बसले स्कुटरमा सवार भण्डारीलाई ठक्कर दिएको हो । स्कुटर बस मुनी पसेको थियो भने भण्डारीको टाउको क्षतविक्षत भएको छ । ४८ वर्षीय भण्डारीको  शरीर नै टायरले किचेको थियो ।

भण्डारीको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । बस चालक र बस प्रहरी नियन्त्रणमा रहेको छ ।

Post Comment