कास्की, पर्वत र स्याङ्गको सिमानामा पर्ने प्रसिद्ध धार्मीकस्थल पञ्चासेमा सदबिज छरेर फर्कदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ३५ जना घाइते भएका छन् । घाइते मध्ये ९ जनाको अवस्था गम्भिर रहेको छ । सडकबाट खसेको बस रुखमा अड्कदा थप क्षतिहुनबाट जोगिएको थियो । कच्चि र साँगुरो सडक भएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।
पञ्चासेबाट यात्रु लिएर पर्वतको कुस्मा जाँदै गरेको ध १ ख ८७ नम्बरको बस दुर्घटना भएको हो । कुस्मा नगरपालिका –१४ रेसको पाखाको कच्चि सडक देखि अन्दाजी १ सय मिटर तल भिरमा खसेर दुर्घटना भएको हो । ४ नम्बर प्रदेश कार्यालय पोखराका प्रवक्ता प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकादी दिए ।
दुर्घटनामा परि मृत्युहुनेमा पोखरा–लेखनाथ महानगरपालिका ५ मालेपाटन घर भएका ३२ वर्षीय दीपक गुरुङ रहेका छन् । उनको घट्ना स्थलमै मृत्यु भएको थियो । दुर्घटना लगत्तै स्थानियसँगै कास्की र पर्बतबाट प्रहरी टोली खटिएको थियो । घाइतेहरुलाई सुरुमा एक स्थानिय जिपले अस्पताल ल्याउने काम गरेको थियो भने पोखराबाट समेत एम्बुलेन्स पठाएर उनीहरुको उद्धार गरिएको उनले जानकारी दिए ।
उनका अनुसार घाइते मध्ये अधिकांशको हातखुट्टा, टाउकोमा चोट लागेको छ । २० जना घाइतेलाई उपचारका लागि ३ वटा जीपमा राखेर पोखरा ल्याइएको छ ।