कास्कीको अन्नपूर्ण गाउँपालिका कार्यालय वडा नम्बर २ स्थित साविक ढिकुरपोखरी गाविसको भवनमा कर्यालय सारेको भन्दै लुम्ले कांडे , झोवांग,घान्द्रुक,लान्द्रुक र दाङ्गसिङ्गका स्थानियहरुले बिरोध जनाएका छन् ।
वडा नम्बर ६ का स्थानिय र राजनितिक दल सहित आज भएको भेलाले कुनैपनि हालतमा गाउँपालिकाको कार्यलय सार्ने निर्णय सच्चाउन आग्रह गर्दै त्यसो नभएमा कडा आन्दोलन गर्ने चेतावनि दिएका छन् ।
वडा नं ६ का वडा अध्यक्ष चित्रवहादुर गुरुङ सहीत नेपाली कांग्रेस सभापति केदारनाथ देवकोटा , नेकपा एमाले अध्यक्ष ऐकदेव देवकोटा,नेकपा माओवादी केन्द्रका लक्ष्मण देवकोटा र राप्रपाका अध्यक्ष ऋषिराम देवकोटाले संयुक्त बिज्ञप्ती जारी गर्दै सम्भव भए एफएओ बिल्डींगमा नभए नेपाल सरकारले तोकेकै स्थानमा सबैलाई पायक पर्ने गरि गाउँपालिकाको कार्यलय राख्न माग गरिएको छ ।
बिज्ञप्तीमा वडा ४, ५ ,६,७,८,९,१० र ११ का जनताहरुलाई उक्त निर्णयको बिरोध गर्दै नसच्चिए सम्म जस्तो सुकै आन्दोलनका लागी तयार रहन अपिल गरिएको छ ।
भेलामा बोल्दै वडा नम्बर ६ का वडाध्यक्ष चित्रबहादुर गुरुङले कार्यालय सार्ने बिषयमा आफुँलाई जानकारी नै नभएको बताए ।
युवा नेता बिबेक देबकोटाले यदी बहुमत वडा प्रतिनिधिहरूको रायलाई लत्याएर अगाडि बढेमा काँडे पारीका जनता चुपलागेर नबस्ने चेतावनी दिए ।
स्थानियले कृषि केन्द्र कार्यलय नजिकका दुईभवन आवश्यकता अनुसार केहि समय चलाउन दिदा पनि वास्ता नगरेको गुनासो गरेका छन् ।