सन्तान वियोगको पीडाबाट मुक्त हुन प्रचण्डले छोडे लाजिम्पाटको घर

सन्तान वियोगको पीडाबाट मुक्त हुन प्रचण्डले छोडे लाजिम्पाटको घर
समाज

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लाजिम्पाटमा रहेको आवास छाडेर ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारमा बसाइँ सरेका छन् । उनको आवास परिवर्तनको मुख्य कारण पारिवारिक पीडाबाट मुक्त हुनु रहेको बुझिएको छ ।

हुन त लाजिम्पाटमा कम्पाउण्ड साँघुरो रहेको र आगन्तुकहरुको गाडी पार्किंङ गर्न असुविधा भएकाले डेरा सरिएको भनेर प्रचण्ड निकट सूत्रहरुले दाबी गरेपनि भित्रि रहस्य भने पारिवारिक पीडाबाट मुक्त हुनु रहेको खुल्न आएको छ । उक्त आवासमा बस्दा खेरि छोरी र छोराको निधन भएकोले त्यो पीडाबाट टाढा रहनको लागि पनि प्रचण्ड परिवार लाजिम्पाट छोड्ने निर्णयमा पुगेको स्रोतको दाबी छ ।

नयाँ घरमा लाजिम्पाटको भन्दा ठूलो कम्पाउण्ड रहेको छ । अबको केही दिनदेखि नै प्रचण्डको पुरै टिम खुमलटारमै बस्न सुरु गर्ने स्रोतले बतायो । खुल्ला राजनीतिमा आएपछि माओवादी अध्यक्ष प्रचण्ड सुरुमा नयाँबजारस्थित डेरामा बस्ने गरेका थिए । त्यसपछि उनी पहिलो पटक प्रधानमन्त्री भएपछि राजिनामा दिएलगत्तै लाजिम्पाटको अहिलेको यो निवासमा बस्न थालेका थिए । उनको उक्त निवासमा पार्किंङको केही असुविधा भएपनि अहिले चर्चा भएजस्तो ठूलो असुविधा भने थिए । किनकी उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि मज्जाले नै उनले त्यहीबाट विभिन्न बैठक तथा भेटघाटहरु सञ्चालन गर्ने गरेका थिए ।

स्रोतले दिएको जानकारी अनुसार आफ्नै नेताहरुले खोजेको नयाँ डेरामा लाजिम्पाटबाट केही सामानहरु सारिसकिएको छ । पूर्णरुपमा सामानहरु सार्न केही दिन लाग्नेछ ।

Post Comment