सिंहदरबारबाटै स्थानीय विकास मन्त्रालयको गाडीको चारवटै टायर चोरी

सिंहदरबारबाटै  स्थानीय विकास मन्त्रालयको गाडीको चारवटै टायर चोरी
समाज

स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा१झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीका चारवटै टायर चोरी भएको छ ।

गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार शाखाका प्रमुख गुरुप्रसाद शर्मालाई घर पुर्‍याएर सिंहदरबारभित्रै पार्किङ गरेका थिए ।

तर, आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएको छ । आइतबार विहान प्रमुख शर्मालाई लिनका लागि पार्किङमा आइपुग्दा चारवटै टायर नभेटेपछि श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए ।

सेना र प्रहरीको २४ घण्टे सुरक्षा रहेको ठाउँबाटै गाडीका टायर चोरी भएपछि सबै अचम्मित परेका छन् । गाडी पार्किङ गरेको स्थान र सेना र प्रहरीको ड्यूटी स्थल मुस्किलले २० मिटरको दुरीमा छ ।

प्रहरीले भने चोरी कार्य ड्राइभरहरुबाटै हुनसक्ने आशंका गरेको छ ।

अरुलाई गाडीका पार्टपूर्जा सम्बन्धी जानकारी नहुँने भएकोले ड्राइभरहरुले नै यस्तो गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

चोरी भएको एउटा टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्छ ।
सिहदरबार देशकै सबैभन्दा बढी सुरक्षित स्थान मानिन्छ । तर, पछिल्ला दिनमा त्यही सिंहरदरबारमा चोरीका घटना बढेको छ । कहिले ल्यापटप हराउँछ र कहिले मोबाइल । तर, अब गाडीको टायर पनि चोरी भएको छ ।

Post Comment