कुनै पनि धर्म र पर्व कहरले होइन, रहरले मान्न हरेक नागरिक स्वतन्त्र छन् । आमनागरिकको यो मौलिक हकमाथि धावा बोल्ने अधिकार लोकतान्त्रिक मुलुकमा कसैलाई पनि हु“दैन । तर, राजधानीको एउटा निजी विद्यालयले क्रिश्चियनहरुको ठूलो पर्व ‘क्रिसमस डे’ संघारमा आइरह“दा विद्यार्थी र अभिभावकलाई चेपुवामा पारेर आतंक मच्चाएको गुनासो प्राप्त भएको छ ।
कुनै पनि समारोहमा उपस्थित हुने र उपहार दिनेजस्ता कुरा नितान्त व्यक्तिगत मामला हुन् । तर, नाम मिल्ने अर्की शैलजा अधिकारी प्रिन्सिपल रहेको यूरो किड्स नामक विद्यालयले क्रिसमस डेमा अनिवार्य उपस्थित हुन विद्यार्थीहरुलाई उर्दी जारी गरको छ, त्यो पनि रित्तो हात होइन, उपहारसहित । विद्यालयले एक कक्षादेखि ३ कक्षासम्म अध्ययनरत अवोध कलिला बालबालिकाहरुलाई उपहारसहित अनिवार्य उपस्थिति हुन मात्रै भनेको छैन, रातो ड्रेसमा रातै टोपी लगाएर पठाउन अभिभावकलाई पत्राचार गरेको छ ।
विभिन्न धर्म तथा संस्कारमा हुर्किएका बालबालिकालाई किड्सले जबरजस्त उपहार र क्रिश्चियन भेष–भुसासहित उपस्थित हुन उर्दी गरेपछि अभिभावकहरु विद्यालयस“ग रुष्ट बन्न पुगेका छन् । किड्समा छोरीलाई पढाउ“दै आइरहेका एक अभिभावकले विद्यालयको कार्यशैलीले आफूहरु अचम्मित भएको बताए । यस वर्षको क्रिसमस पुस १० गते परेको छ ।
क्रिसमस डे हरेक वर्ष अंग्रेजी महिनाको डिसेम्बर २५ मा मनाइन्छ । त्यसको अघिल्लो डिसेम्बर २४ का दिन विद्यालयले क्रिसमस डे«स सहित उपस्थित डिसेम्बर १५ मै नोटिस जारी गरेको हो । अभिभावकलाई सम्बोधन गर्दै पठाइएको पत्रमा भनिएको छ, ‘हामी पुन यो कुरा अनुरोध गर्न चाहन्छौं कि डिसेम्बर २० तारिखसम्ममा क्रिसमस गिफ्ट विद्यालयको रिसेप्सनमा छाडिदिनुहोला ।’
प्रिन्सिपल आचार्य नेपाली हुन् । तर, उनले विवाह गर्ने क्रममा घर मात्रै बदलिनन्, देश नै फेरिन् । उनका श्रीमान् भारतस्थित बिहार राज्यका हुन् । राजधानी काठमाडौंसंगै विराटनगरमा समेत यिनले विद्यालय सञ्चालन गर्दै आइरहेको बताइन्छ । स्रोतका अनुसार, नेपालभर आचार्यले सञ्चालन गरेको विद्यालयको संख्या झण्डै आधा दर्जनको हाराहारीमा छ । (साँघु साप्ताहिक २०७४ पुस ३ गतेबाट)