रिसको आवेगमा एक महिलाले दाङमा आफ्नै श्रीमानको चार वटा औंला काटेकी छिन् । ती औंला पोलेर खाएको ती महिलाले बताएकी छिन्। उनले गएराति आठ बजेतिर श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि पक्रेको तुलसीपुर प्रहरीले जनाएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भम्के बस्ने ६४ वर्षिय रिसमी महताराले बिहिबार बिहान श्रीमानको औंला काटेकी हुन् । ‘तरकारी काट्ने दाउले श्रीमानको चार वटा औंला काटेकी रहेछिन्, औंला पोलेर खाएको उनले बताएकी छिन्,’ दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंह चन्दले भनिन्,‘हामीले महिललाई पक्राउ गरेका छौं।’ सधैं मदिरा खाएर दुःख दिने गरेका कारण आफुले औंलो काटेको महिलाले प्रहरीसँग बताएकी छिन्। बुधबार बेलुका पनि मदिरा पिएर आएको र झगडा गरेको अनुसन्धानमा खुलेको छ।
चन्द्रबहादुरलाई बिहीबार बिहान उपचारका लागि तुलसीपुर ल्याएपछि घटना सार्वजनिक भएको हो । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि चन्द्रबहादुरलाई नेपालगञ्जतर्फ पठाइएको प्रहरीले जनाएको छ ।