दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय

दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय
समाज

गुण्डा नाइके तथा ४ नम्बर प्रदेशसभाका विजयी सदस्य राजीव गुरुङ दीपक मनाङ्गेलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको छ ।

न्यायाधीश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यसअघि पुनरावेदन अदालत पाटन गरेको निर्णयलाई सदर गरेको हो । दीपक मनाङ्गेको समूहमाथि ०६१ सालमा मिलन चक्रेलाई तरबार होनेको मुद्दा परेको थियो ।

जिल्ला अदालतले मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएको थियो । त्यही मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको ठहर गर्दै मनाङ्गेलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो ।

मनाङ्गेसँगै मुद्दमा जोडिएका रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई भने सफाइ दिएको थियो । ०७० जेठ १० गते सर्वोच्चमा पुनरावेदनका लागि दर्ता भएको फौसलालाई सर्वोच्चले आज सदर गरेको हो ।

अदालतको निर्णयसँगै मनाङ्गे प्रदेशसभामा जिते पनि सांसद बन्न नपाउने भएका छन् । संविधानविद् पूर्णमान शाक्यका अनुसार नैतिक पतन देखिने फौजदारी अभियोग ठहर भएकाले मनाङ्गेले चुनाव जिते पनि सांसद बन्न नपाउने हुनुभएको हो ।

Post Comment