झोलामा राखेर फालिएको अवस्थामा नवजात शिशु जीवितै फेला

झोलामा राखेर फालिएको अवस्थामा नवजात शिशु जीवितै फेला
समाज

काठमाडौंको चाबहिलमा एक नवजात शिशु फेला परेको छ । झोलामा पोको पारेर फालेको अवस्थामा प्रहरीले बिहीबार बिहान शिशु फेला पारेको हो ।

                         प्रतीकात्मक तस्वीर 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार स्तुपा नजिकै फोहोर फाल्ने ठाउँमा झोलाभित्र राखेर फालिएको अवस्थामा शिशु फेला परेको हो । रोइरहेको अवस्थामा फेला पारिएको सो शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

६/७ दिन अघि जन्मिएकोजस्तो देखिने शिशु कसले फालेको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Post Comment