आज ‘श्रीपञ्चमी’ बिद्याकी देवी सरस्वतीको आराधना

आज  ‘श्रीपञ्चमी’ बिद्याकी देवी सरस्वतीको  आराधना
समाज

आज माघ शुक्ल पञ्चमीलाइ बिद्याकी अधिष्ठात्री देवीको पूजा-अर्चना, आराधना गर्ने ‘श्रीपञ्चमी’को दिनमा मनाइन्छ। बसन्त ऋतु शुरु हुने पूर्वार्ध्दको प्रस्थानबिन्दु ‘बसन्तपञ्चमी’ पनि भनिन्छ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ ।

यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ ।

सरस्वती मन्दिरहरुमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । यो दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी नामले पुकार्छन् , पूजा-आराधना गर्छनभने तान्त्रिकहरुले तन्त्रसिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् ।
गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ

Post Comment