युएसनेपाल न्युज, चन्द्रनिगाहपुर । रिक्सा चालक केदार प्रसाद तिमलसिनाको उदाहरणीय काम रोकिएको छैन । रिक्सा चलाएर आफ्नो परिवार चलाउ“दै आएका तिमलसिना समाजसेवा लाई मुख्य प्राथमिकतामा राखेर अगाडी बढीरहेका छन् । उनले जाडोमा कठ्याग्रिएर बस्न बाध्य गरीव तथा असहाय परिवारलाई न्यानो कपडा बितरण गर्दै आएका छन् ।
यसै क्रममा सोमबार चन्द्रपुर नगरपालिका २ जुडिबेलाका सुरेस बस्नेत का ७ जना परिवारलाई घरमानै गएर न्यानो कपडा र कम्बल बितरण गरेका छन् । उनले ३ थान कम्बल र कपडा सहयोग गरेका छन् । त्यस्तै तिमलसिनाले सोमबारनै चन्द्रपुर नगरपालिका ९ का सिकिन्दर माझिका परिवार सहित ५० घरधूरीका गरिबलाई कम्मल, ज्याकेट, सुईटर सहयोग गरेको बताएका छन् । झापा घर भई हाल अमेरिका बस्दै आएका बिशाल भारती को सहयोगमा उनले न्यानो कपडा बितरण गरेको बताए । फेसबुक बाट नै शितलहर पिडितका लागि न्यानो कपडा संकलन गरेर बितरण गर्दे आएका तिमलसिना बिहानै देखी कपडा बितरणमा जानुपर्ने भएकाले कहिलेका“ही भोकै बस्नुपरेको अनुभव सुनाउछन् ।
आफ्नो दैनिक काम छाडेर न्यानो कपडा बा“ड्न जा“दा आफुलाई ६० हजार ऋण लागेको उनि बताउ“छन् । आफ्नो कामकाज नै छाडेर समाजसेवामा लागेका तिमलसिनाको यो प्रयासले धेरैलाई चकित बनाउने गरेको छ भने उनलाई आर्थिक संकटले समेत बेलाबेलामा सताउने गरेको छ । उदाहरणिय काम गर्दै आएका तिमलसिना प्रेरणका स्रोत समेत बन्न पुगेका छन् ।