सम्पत्ति शुद्धिकरणको मुद्दामा गुन्डा नाइके चक्रे मिलनले सफाइ पाएका छन्। न्यायाधीशहरु चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले बुधबार मिलनलाई सफाइ दिने फैसला सुनाएको हो।
सम्पत्ति शुद्धिकरण विभागले मिलन सहित ५ जना गुन्डा नाइकेको सम्पत्तिबारे अनुसन्धान गर्दै २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेका थियो। प्रदेश नम्बर ४ अन्तर्गत मनाङबाट प्रदेश सांसद् बनेका राजीव गुरुङ उर्फ दीपक मनाङेले यसअघि नै सफाइ पाइसकेका छन्। गुन्डा नाइके गणेश लामा, पर्शुराम बस्नेत, अभिषेशक गिरीको भने अझै फैसला हुन बाँकी छ।