अमेरिकाबाट फर्काइयो नेपाली विद्यार्थी , पढाई अलपत्र हुने

अमेरिकाबाट फर्काइयो नेपाली विद्यार्थी , पढाई अलपत्र हुने
समाज

रमेश थापा (नाम परिर्बतन)लाई तीन वर्ष अमेरिका बसेका उनी नेपाल आएर फर्कने क्रममा अध्यागमनले सोधपुछ गर्दै फर्काइदिएको हो । उनको पढाई अलपत्र हुने देखिएको छ । उनी ओकल्याण्डस्थित लिंकन युनिभर्सिटीमा पढ्दै आएका छन् । यो घटनाले उनका कलेजका सहपाठीहरू समेत चिन्तित भएका छन् । अध्यागमनले आफूलाई फर्काईदिएको जानकारी थापाले लिंकन युनिभर्सिटीलाई समेत गराईसकेका छन् ।

लिंकनमा अध्ययन गर्न आउने विद्यार्थी सानफ्रान्सिस्को एयरपोर्ट अध्यागमनले फर्काएको पहिलो घटना भने होइन । एक वर्ष बिचमा अरू दुई जनालाई पनि फर्काइसकेको छ ।

अध्यागमन सम्बन्धी जानकार वकिल गोपाल शाहाका अनुसार विमानस्थलमा रहने बोर्डर सुरक्षा निकाय ९सीबिपी०ले आवश्यक जाँचबुझ गर्दा शङ्का लागेमा फर्काउने गरेको बताउँछन् । सी भी पीका गतिविधि अहिले अलि बढी आक्रमक भएका हुँदा विद्यार्थी र अरू भिसामा आउनेलाई फर्काउने क्रम बढेको हो । पछिल्ला केही महिनामा सानफ्रानसिस्को विमानस्थलबाट ६ जना नेपाली फर्काइएको छ

Post Comment