नेपाली कामदारले विदेशमा उचित पारिश्रमिक प्राप्त हुन नसकेको जिकिर

नेपाली कामदारले विदेशमा उचित पारिश्रमिक प्राप्त हुन नसकेको जिकिर
समाज

आप्रवासी कामदारको अधिकारका लागि संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जाले मोराले नेतृत्वको टोलीले नेपाली आप्रवासी कामदारको अवस्था र अधिकारका बारेमा राष्ट्रिय मानव अधिकार आयोगसँग आज छलफल गरेको छ ।

छलफलका क्रममा उहाँले नेपाली आप्रवासी कामदारको भर्ना प्रक्रिया, स्वदेश फर्केका कामदारको पुनःएकीकरण, शरणार्थीको अवस्था एवं आयोगबाट भएका प्रयासका बारेमा चासो व्यक्त गर्नुभएको थियो ।

आयोगका अध्यक्ष अनुपराज शर्माले भारतमा रहेका नेपाली कामदारको मानवाधिकारको अवस्था तथा आप्रवासी कामदारको अधिकारका लागि आयोगबाट हालसम्म भएका प्रयासका बारेमा जानकारी दिनुभयो ।

आयोगका प्रवक्ता मोहना अन्सारीले नेपाली आप्रवासी कामदारले विभिन्न मुलुकमा अतिरिक्त समयसमेत काम गर्नुपरे तापनि उचित पारिश्रमिक प्राप्त हुन नसकेको बताउनुभयो

Post Comment