माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणप्रति असन्तुष्टि जनाउनुभएको छ ।
स्वराजको भ्रमण राजनीतिक र कुटनीतिक रुपमा पनि सामान्य अभ्यास अनुसार नभएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वराजसँग काठमाडौंको एउटा पाँचतारे होटलमा भेट भइरहेका बेला नेता श्रेष्ठले ट्वीटरमार्फत असन्तुष्टि जनाउनुभएको हो ।
[youtube https://www.youtube.com/watch?v=4A9UGxWPXYM]
तर भ्रमणलाई फलदायी बनाउन राष्ट्रिय स्वार्थमा ध्यान दिँदै आफ्नो गौरवलाई कायमै राख्नुपर्नेमा नेता श्रेष्ठले जोड दिनुभएको छ ।