धानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा महान्यायाधीबक्ता बसन्तराम भण्डारीले सांसद नवराज सिलवालविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरिरहेका बेला उनकका सर्मथकहरुले जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला अदालत काठमाडौंमा धर्ना दिएका छन् ।
प्रधानमन्त्री देउवा, आइजीपी प्रकाश अर्यालको दवावमा महान्यायाधीबक्ताले आज किर्ते मुद्दा दर्ताको तयारी गरेका थिए । षढ्यन्त्र मुलकरुपमा उनीबिरुद्ध मुद्दा दर्ता नगर्न आग्रह गर्दै उनी समर्थकले धर्ना दिएका छन् ।
सरकारबाट बाहिरिदै गर्दा हतार हतार सिलवालसँग बदला लिन खोजिएको भन्दै सचेत युवा समूहले धर्ना दिएका छन् । सरकारी वकिलले मुद्दा दर्ता गर्न नमानेपछि महान्यायाधीबक्ता भण्डारी आफैले मुद्दा दर्ता गर्ने तयारी गरेका छन् ।