फेसबुकबाट चिनजानःकिस खाएको आरोपमा केटा प्रहरी खोरमा

फेसबुकबाट चिनजानःकिस खाएको आरोपमा केटा प्रहरी खोरमा
समाज

फेसबुक चिनजानबाटै केटाको घरमा चिनजान गर्न पुगेकी किशोरीलाई किस खाएको आरोपमा वडा प्रहरी कार्यालयबाट माफी मागेर छुटेका एक युवा जबरजस्तीकरणी उद्योग मुद्दामा फन्दामा परेका छन् ।नेपालगन्ज वडा नं.४ बस्ने १८ वर्षिय विमल गुप्ताले एक १४ वर्षिया किशोरीलाई किस गरेको आरोपमा पक्राउ परेका हुन् । विहिवार वडा प्रहरी कार्यालय नेपालगन्जले गुप्तालाई पक्राउ थुनामा राखी भोलिपल्ट माफी दिएको थियो ।

घरमा गएका बेला किस खाएको किशोरीको आरोपलाई मध्यनजर गर्दै वडा प्रहरी कार्यालयले युवा र किशोरीको परिवार संग छलफल गरी घटना मिलाएको थियो ।किशोरीले फेसबुकबाट च्याट मार्फत चिनजानमा परेको र भेट्न गएका बेला किस खाएपछि आत्तिएर किशोरी फर्किएकी थिइन, वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक राजन गौतमले भने, ‘पछि किशोरीले परिवारले जिल्ला प्रहरी कार्यालयमा जबरजस्तीकरणी उद्योग मुद्दा दर्ता गरेका हुन् ।’

‘किशोरीको बयानको आधारमा छलफल चलाएर मिलापत्र भएको घटनामा पुनः मुद्दा दर्ता गर्न गएका हुन्’, गौतमले भने, ‘किशोरीको परिवार बाहिर रहेका बेला घटना भएको र उनीहरु फर्किएपछि विस्तारै विवाद बल्झिएको हो ।’ किस खाएको विषय किशोरीले आफ्ना साथीहरुलाई भनेको र साथीहरुले युवकलाई कारवाही गर्नु पर्ने बताएका थिए ।

किशोरीका बुबा नेपाली सेनाको सिपाही भएको र उनी आफ्नो ड्युटीमा फर्किएपछि किशोरीकी आमा मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ । युवकलाई जबरजस्तीकरणी मुद्दामा थुनामा राखिएको, जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर विष्टले भने, ‘मेडिकल जाँच लगायतको प्रक्रिया पूरा गरेर मुद्दा अघि बढाइएको हो ।’

‘फेसबुकबाट केटीले नै मित्र प्रस्ताव पठाएको देखियो’, प्रहरीले भन्यो, ‘घटना खासै ठूलो होइन । महिलाले कानूनको प्रयोग गरेपछि अरुको केहि नलाग्ने अनुसन्धान अधिकारीले बताएका छन् ।’ गुप्ता अचेल बलात्कारको आधा सजाय अर्थात जरबजस्ती करणी उद्योगमा थुनामा रहेको प्रहरीले जनाएको छ ।

Post Comment