श्रीमान् विदेशमा, ५ बर्षको छोरा छोडेर सबै गरगहना बोकी दीपा बेपत्ता !

श्रीमान् विदेशमा, ५ बर्षको छोरा छोडेर सबै गरगहना बोकी दीपा बेपत्ता !
समाज

बाँके बैजनाथ ५ की २५ बर्षीय दीपा रिजाल एक महिला दुई सातादेखि सम्पर्क बिहीन भएकी छिन् । पेट दुखेको भन्दै औषधि किन्न जान्छु भनि घरबाट निस्केकी रिजाल माघ २१ गतेबाट बेपत्ता भएकी हुन् ।

पेट दुखेको औषधि गर्न कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज जान्छु भनेर हिँडेकी रिजाल अहिलेसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ । उनको फोन माघ २१ गते दिउँसो ३ बजेदेखि फोन स्वीच अफ छ ।

रिजालका पति विष्णुप्रसाद विगत तीन वर्षदेखि बैदेशिक रोजगारीका लागि कुवेतमा छन् । उनको साँढे ५ वर्षको १ छोरा पनि छ । घरबाट निस्कदा भएका सबै गहना लिएर हिँडेकाले घटना थप रहस्यमय बनेको परिवारजनले बताएका छन् । बर्दिया भुरीगाउँमा रहेका माइती घरमा समेत रिजालले सम्पर्क नगरेको आफन्तको भनाई छ ।

माघ २२ नै उनी हराएको परिवारले ईलाका प्रहरी कार्यालय कोहलपुरको महिला सेलमा निवेदन दिए पनि अहिलेसम्म कुनै पत्ता लाग्न सकेको छैन ।

Post Comment