काठमाडौंस्थित अमेरिकी दूताबासले सञ्चालन गरेको ‘बुक बस’ ले हालै बीरगंज–लुम्बिनी यात्रा गरेको छ। ‘बुक बस’ मोवाइल लाइब्रेरी हो जस मार्फत दूताबासले शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ।
‘हाम्रो नयाँ डिजाइन गरिएको बुक बसले हालै बीरगंज र लुम्बिनी भ्रमण गरेको छ’, दूताबासले तपस्बिरसहित ट्वीट गर्दै आइतबार साँझ भनेको छ, ‘यात्राको क्रममा हाम्रो टिमले पेन्टिङ प्रतिस्पर्धा, क्वीज, बुक सेसन, फरक फरक गेम र शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ।’
दूताबासले अर्को एउटा ट्वीटमा यो मोवाइल लाइब्रेरी नेपालभर पुग्ने र स्थानीय समुदायमा पढने बानी तथा सिर्जनशीलता प्रवद्र्धन गर्ने जनाएको छ।
गत वर्ष ‘बुक बस’ ले पाँच हजार ८ सय ६८ किलोमिटर यात्रा गरेको र ८१ हजार विद्यार्थी तथा शिक्षकलाई विभिन्न शैक्षिक गतिविधिमा संलग्न गराएको दूताबासले जनाएको छ।
निलो रंगको कुटनीतिक नम्बर प्लेट भएको दूताबासको ‘बुक बस’ यस वर्ष अन्य शहरमा पनि जाने बताइएको छ।