नेपालमा राधा कुटिदाँ अमेरिकाका नेपाली महिलाद्धारा बिरोध

नेपालमा राधा कुटिदाँ अमेरिकाका नेपाली महिलाद्धारा बिरोध
समाज

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै दिन कैलालीको घोडाघोडी नगरपालिकामा राधा चौधरीलाई बोक्सीको आरोपमा निर्घात कुटिएको घटनाको अमेरिकामा रहेका नेपालीहरुले भर्त्सना गरेका छन् ।

महिला दिवसका अवसरमा विभिन्न संस्थाहरुले आयोजना गरेका कार्यक्रममा सहभागी भएका नेपालीहरुले आक्रोश व्यक्त गर्दै घटनाको भर्त्सना गरेका हुन् ।

दिवसका अवसरमा अमेरिका नेपाल महिला संघ, वासिंटनले आयोजना गरेको काय्रक्रममा महिला अधिकारकर्मी तथा आन्वा कि पूर्व अध्यक्ष माधवी कार्की बस्नेत, पूर्व अध्यक्ष बिष्णु कुमारी थापा, सुनिता सिवाकोटी लगायतले मन्तव्य राख्ने सबैले राधा कुटिएको घटनाको चर्को बिरोध गरेका थिए ।

अहिलेको शताब्दीमा पनि यस्तो घटना हुनु सबैभन्दा दुखदायी भएको भन्दै उनीहरूले कारबाहीको माग गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि राजदूत अर्जुनकुमार कार्कीले समेत राधा चौधरी कुटिरहँदा रमिते बनेकाहरुप्रति आक्रोस पोख्दै महिला दिवसको इतिहास बारेमा चर्चा गरेका थिए ।

डीसी क्षेत्र कि अधिवक्ता बन्दिता शर्मा दाहाल, संचारकर्मी विजय थापा, युवा किशोरीहरु तथा अन्य वक्ताहरुले भनाइ राखेका थिए ।

Post Comment