बिहे गर्न नमान्दा तातो घ्यू खन्याएर फरार,युवतीको आँखा फुट्यो

बिहे गर्न नमान्दा तातो घ्यू खन्याएर फरार,युवतीको आँखा फुट्यो
समाज

विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै कैलालीका एक युवकले युवतीको अनुहारमा तातो घ्यू खन्याएर फरार भएका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका- ५ की २३ वर्षीया सुनिता चन्दमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जनाएको छ ।

भीमदत्त नगरपालिका- १० गड्डाचौकी बस्ने २७ वर्षीय राकेश चन्दले युवतीका आफन्तले विवाह प्रस्ताव अस्वीकार गरेको भन्दै कुटपिट गरेको प्रहरी नयाव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए । घरमा आमाछोरी मात्रै भएको मौकामा सुनितालाई ती युवकले कुटपिट गरेको प्रहरीको भनाइ छ ।

‘आमा–छोरी मात्रै भएको समयमा युवतीमाथि कुटपिट भएको हो  । युवतीकी आमाले घरमा घ्यू तताइरहेका बेला ती युवक आएर युवतीको अनुहारमा तातो घ्यू खन्याइदिएको र आँखामा हातका औलाले घोचेका कारण उनको आँखामा गम्भीर चोट लागेको छ,’ डिएसपी सेटीलेलोकान्तरसँग भने, ‘पीडित युवतीको महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीका गेटा आँखा अस्पतालमा लगिएको छ ।’

सुनिताको परिवारको आफन्त पर्ने राकेश चन्दले एक महिनाअघि सुनितासँग विहे गर्ने प्रस्ताव गरेको र सुनीताको आमाले आफन्त पर्ने भन्दै राकेशको विवाह प्रस्ताव अस्वीकार गरेकी थिइन् । प्रहरीका अनुसार ती युवकको गत मंसिरमा नै विवाह भइसकेको थियो । आफ्नो बिहे भइसकेपछि राकेशले सुनितालाई दोस्रो विवाह गर्न दबाब दिँदै आएका थिए ।

रोशनी र घर परिवारले बिहे गर्न नमान्दा आवेगमा आएर रोशनले आक्रमण गरेका हुन् । आक्रमण गर्ने राकेश फरार रहेको र खोजी कार्य भइरहेको डिएसपी सेटीले बताए ।

Post Comment