काठमाडौंबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ तर्फ जाँदै गरेको यात्रु बस दुर्घटना भएको छ ।
बा २ ख ४३२५ नम्बरको आमा ह्याल्मो यातायातको बस बाहुनेपाटी तामाखानी नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । २० भन्दा बढी यात्रु घाइते भएका छन् ।
गम्भीर घाइते ११ जनालाई उपचारको लागि मेलम्ची अस्पताल लगिएको छ भने केहीलाई काठमाडौं लगिएको छ । बसमा करिब ४५ यात्रु रहेको अनुमान गरिएको छ ।