आईक्यान युएस शाखा गठन

आईक्यान युएस शाखा गठन
समाज

अमेरिकामा बसोबास गर्ने दि इन्सटीट्युड अफ चार्टर्ड एकाउनटेन्ट अफ नेपाल (आईक्यान)का सदस्यहरूले आईक्यान युएस शाखा गठन गरेका छन् । आईक्यान युएस शाखाको गठन भर्जिनियामा गरिएको हो ।

शाखाको औपचारिक उद्घाटन आईक्यान का अध्यक्ष प्रकाश जंग थापाले गरे । कार्यक्रममा भर्जिनिया शाखाका संयोजक गणेश बानियाले कार्यक्रमको उद्घाटन तथा समापनमा स्वागत तथा धन्यबाद ज्ञापन गरेका थिए ।

समारोहमा आईक्यान को प्रतिनिधित्व गर्दै नेपाल बाट आएका प्रतिनिधिहरुमा परिषद सदस्य सूर्य प्रसाद अधिकारी ,पूर्व अध्यक्ष प्रकाश लम्साल तथा निवर्तमान अध्यक्ष महेश खनाल को सहभागिता रहेको थियो ।

नेपाली राजदूताबास,अमेरिकन सरकार, आईएफएसी, एसीएयुएस तथा स्थानीय समुदायका नेतृत्वहरुको पनि उपस्थिति रहेको थियो ।

९ सदस्यीय समितिमा गणेश बानिया, नयाँ राज बराल, टीका आचार्य, सुदर्शन चापागाई, ईश्वर पोखरेल, बिराजन आतं, लक्ष्मण भण्डारी, एक क्षत्री तथा बिनोद लम्साल रहेका छन् ।

Post Comment