नेपाल अमेरिका पत्रकार संघ, नेजाको छैठौँ अधिवेशन तथा १२ औँ साधारणसभा आउँदो जुलाईमा हुने भएको छ ।
अप्रिल ३ मा सल्लाहकारहरु गिरिश पोखरेल, आडछिरिड शेर्पा, योगेश उपाध्याय र तारा बरालको सहभागितामा सचिवालयको बैठकले छैठौ अधिवेशन तथा १२ औं साधारण सभा आगामी जुलाईमा सल्लाहकार योगेश उपाध्यायको संयोजकत्वमा आयोजना गर्ने निर्णय गरेको हो ।
अधिवेशनको मिति छिटै तोकिने संयोजक उपाध्यायले जानकारी दिए । यो निर्णयका सम्वन्धमा नेजाका अध्यक्ष भोला आचार्यको अध्यक्षतामा बसेको बैठकमा कार्यसमितिलाई जानकारी गराईसकेको संस्थाका अध्यक्ष द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
अधिवेशनलाई लक्षित गरेर नयाँ सदस्यता र नविकरणको आवेदन खुला गरिएको छ । साथै आगामी जुन महिनाको पहिलो हप्ताभित्र आफ्नो सदस्यता नविकरण तथा नयाँ आवेदन दिइ सक्नु हुन समेत सम्पूर्ण पत्रकाहरुलाई जानकारी गराइएको छ ।