मन्त्रीको घरबाट ६ लाख रुपैँया बराबरको चोरी

मन्त्रीको घरबाट ६ लाख रुपैँया बराबरको चोरी
समाज

मन्त्री स्थापितको घरमा काम गर्ने एक महिलालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । शंकास्पद व्यक्तिहरुमाथि छानबिन भइरहेको बौद्ध वृत्तका डिएसपी अच्युत पुडासैनीले बताएका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार ढोकाको ताल्चा फुटाएर चोरी भएको हो । मन्त्री स्थापितका छोराले प्रहरीमा उजुरी गरेपछि अपराह्न करिब ५ बजे प्रहरी उनको घरमा पुगेको थियो । प्रहरीका अनुसार स्थापितको घरबाट सुन लगायत धनमाल चोरी भएका छन् ।

Post Comment