पोखराको बिरौटामा बिद्युत् पोलमा आगोलागी भएको छ ।
आगो लागेको केहि मिनेटमै स्थानियले दमकललाई खवर गरेतापनि करिब ४५ मिनेट पछि मात्रै पुगेको थियो । ढिला गरि आगो निभाउन पुगेको दमकलमा पानी नभएको थाहा पाएपछी स्थानियहरु आक्रोशित भए । उनिहरुले स्थानिय प्रशासन , महानगर र बिद्युत् कार्यलय प्रति आक्रोश पोखेका छन् ।
दमकलमा पानि नभएको थाहा पाएपछि सडकमा गुडिरहेको कैलाश खानेपानीको ट्यांकरबाट पानी प्रयोग गरेर आगो स्थानियले नियन्त्रणमा लिएका थिए ।
बिरौटाको मुख्य चोकमा भएको आगोलागी नियन्त्रण गर्न सम्बन्धित निकाय गैरजिम्मेवार बनेको आरोप स्थानियले लगाएका छन् । आगोलागीका कारण कुनै ठूलो क्षति हुन पाएन
आगोलागीबाट त्यस क्षेत्रमा बिद्युत् सेवा अवरुद्ध भएको छ । आगो नियन्त्रणमा आएको केहि समय पछि बिद्युत् प्राधिकरणका कर्मचारीहरु घटनास्थल पुगेका थिए ।
[youtube https://www.youtube.com/watch?v=CpxZ7qaEFfY]