प्रहरीले धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहारमा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको छ ।
अनुसन्धान जारी रहेको भन्दै प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । पक्राउ पर्नेमा मोरङका दुई, सुनसरी र झापाका एक/एक जना छन् ।
घटनाको सुक्ष्म अनुसन्धान भइरहेकाले सत्यतथ्य पत्ता लागेपछि विवरण सार्वजनिक गर्ने मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।
विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा बास बसेका आचार्यलाई गत आइतबार बिहान २ बजेतिर शौचालय जाने क्रममा गोली प्रहार भएको थियो । दाहिने कुममा गोली लागेका स्वामीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।