जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गराउन दबाब

जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गराउन दबाब
समाज

अखिल नेपाल राष्ट्रिय विद्यार्थि युनियन जिल्ला कमिटी, म्याग्दीले बिहीबार तिन ठाउँमा ज्ञापन पत्र बुझएको छ । जिल्ला बमिटी अध्यक्ष सुबास विश्वकर्माको नेतृत्वमा गएको टोलिले जिल्ला समन्वय समिती, बेनी नगरपालिका र जिल्ला शिक्षा कार्यलय पुगि ज्ञापन पत्र बुझाएको हो ।

नयाँ शैक्षिक सत्र सुरुवाति भए लगतै जिल्लामा रहेका निजी शैक्षिक संस्थाले चर्काे शुल्क बृद्वि गरेको बताउदै नियमन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । सरकारी कर्मचारी, शिक्षक एवं जनप्रतिनिधि लगायत सम्पूर्ण नेपाल सरकारको मातहतमा काम गर्ने कर्मचारीहरुको छोरा छोरीलाई अनिवार्य सरकारी विद्यालयहरुमा भर्ना गर्नु पर्ने लगाएतको माग राख्दै जिल्ला समन्वय अधिकारी यामप्रसाद सुवेदी, बेनि नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, र विद्यालय निरिक्षक दलबहादुर थापा लाई ज्ञापन पत्र बुझाईएको होे ।

ज्ञापन पत्र बुझाउँदै अध्यक्ष विश्वकर्माले सार्वजनिक शिक्षालाई कमजोर पार्ने उदेश्यले शैक्षिक माफियाहरुले यो मुलुकको सार्वजनिक शिक्षालाई तहसनहस हुने गरी बेलाबखतमा विभिन्न जाल र पर्पाेगाण्ड रच्दै आइरहेको बताउँदै जिल्लामा काम गर्ने शिक्षक तथा कर्मचारी र जनप्रतिनिधि हरुका बाल बच्चालाई तुरुन्त सरकारी विद्यालयमा भर्ना गर्न दबाव दिनु पर्ने बताउनु भयो ।

आफुहरुको मागप्रति आनाकानि र टालटुल गर्ने काम भएमा अनेरास्वयूले आन्दोलनको चरणहरु घोषणा गर्ने बताउनु भयो ।  ज्ञापन पत्र बुझदै जिसस अधिकारि सुवेदी , मेयर श्रेष्ठ र विद्यालय निरिक्षक थापाले सम्बन्धित निकायहरु संग छलफल गरि प्रकृया अगाडि बढाउने बताउनु भयो ।

Post Comment