प्रहरीबाटै सर्वसाधारण अन्यायमा पर्छन भने न्याय माग्न कहाँ जाने ?

प्रहरीबाटै सर्वसाधारण अन्यायमा पर्छन भने न्याय माग्न कहाँ जाने ?
समाज

सर्वसाधारणलाई कानुन सिकाउने, काुनको पालना गराउने र उलङ्घन गरे कारवाही गर्ने सुरक्षा निकायबाटै सर्वसाधारण अन्यायमा पर्छन भने न्याय माग्न कहाँ जाने ।

नर्भीक अस्पतालको २०१ नम्बर क्याभिनबाट सरकारसँग यसको जवाफ मागिरहेकी काठमाडौ सुनार गाँउकी रोसना रामुदामु ।

उनलाई फागुन ७ गते कमलपोखरी प्रहरी वृतको बा १ ज ७३२२ नम्बरको क्रियु भ्यानले ठक्कर दिएको थियो । रोसना रामुदामु हाम्रो कार्यक्रममा स्काइप मार्फत आएपछि हामीले उनको अवस्थाको बिषयमा विस्तृत रिपोर्टीङ गरेको थियौँ ।

हामीले एक साता अघि रिपोर्ट प्रशारण गरेसँगै सरोकारवाला सबै निकायलाई जानकारी गराएका थियौँ । तर रोसनाको उपचार खर्चको बिषयमा प्रहरीले यस अघि कै कुरा दोहा¥याई रहेका छ । अहिले अस्पतालले छिटो डिस्र्चाच हुन भनिरहेको छ ।

अस्पतालमा ११ लाखको बिल उठेको छ तर प्रहरी विमाबाट प्राप्त हुने ३ लाख मात्रै दिन सक्ने बताईरहेको छ । अन्य सवारी दुर्घटनामा भने घाइतेको सम्पुण खर्च सवारी सञ्चालकले व्योहोर्नु पर्ने व्यवस्था छ । तर नेपाली प्रहरीले काुननीको धज्जी उडाएर समस्याबाट भागिरहेको उनको गुनासो छ ।

Post Comment