डोटीमा जिप दुर्घटना ,चारजनाको घटनास्थलमै मृत्यु

डोटीमा जिप दुर्घटना ,चारजनाको घटनास्थलमै मृत्यु
समाज

 डोटीको कालागाढबाट मुडभरातर्फ जाँदै गरेको ग१ज ५२७५ नम्बरको जिप डोटीकै शिखर नगरपालिका–३, छाइपानीमा शनिबार दिउँसो दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।

स्थानीय खडकबहादुर जोराले घटनास्थलबाट दिएको जानकारीअनुसार मृत्यु हुनेमा शिखर नगरपालिका–३, जोरागाउँका १४ वर्षीय सुरेश भुल, सोही ठाउँकी ४० वर्षीया खिन्तुरी भुल र सोही ठाउँकी ३२ वर्षीया कटी सार्की रहेका छन् । मृतक एकजनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा परेर अरु १६ जनाभन्दा बढी घाइते छन् ।

घाइतेहरुको सुजुङ सामुदायिक अस्पताल, राजपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

स्थानीयकाअनुसार जिप सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनास्थल डोटी सदरमुकामबाट करिब २५ किलोमिटर टाढा पर्छ ।

घाइतेहरुको स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

Post Comment